काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्नेहरुको पछिल्लो सूची प्राप्त भएको छ। जसअनुसार १ लाख ३६ हजार २ सय ६९ को मनोनयन भएको छ।
आयोगको प्रणालीमा अद्यावधिक भएको पछिल्लो सूची अनुसार प्रमुखमा ३ हजार २६१ र अध्यक्षमा ३ हजार २ सय ५४ को मनोनयन दर्ता भएको छ। त्यस्तै, उपप्रमुखमा २ हजार ३ र उपाध्यक्षमा २ हजार २ सय ९२ जनाको मनोनयन दर्ता भएको छ।
त्यस्तै, वडा अध्यक्षमा ३२ हजार ५९, महिला सदस्यमा २३ हजार ३ सय ७५, दलित महिला सदस्यमा २१ हजार १ सय १५ र सदस्यमा ४८ हजार ९ सय १० जनाको मनोनयन दर्ता भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।