काठमाडौं– नेकपा एमालेले मंगलबार पार्टीको सम्पर्क मञ्चका पदाधिकारीसँग अभिमुखीकरण गर्दैछ।
स्थानीय निर्वाचनका लागि आ–आफ्ना जिल्ला फर्कन लागेका पदाधिकारीसँग आज (मंगलबार) एमालेले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो।
सम्पर्क समन्वय कमिटीले गर्न लागेको कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले सम्बोधन र प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौंमा रहेका सम्पर्क कमिटीका पदाधिकारीहरु जिल्ला फर्किन लागेका हुन्।
एमालेले निर्वाचनका समयमा आफ्ना सबै जनवर्गीय संगठनहरुलाई परिचालन गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।