काठमाडौं-खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसका तर्फबाट प्रमुखमा विमला राई र उपप्रमुखमा रमेश राउतले उम्मेदवारी दर्ता गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन्।
राई यसअघि नगरपालिकाको उपप्रमुख थिइन् भने राउत वडा नम्बर ६ मंगलटारका वडाध्यक्ष थिए। कांग्रेसको प्रदेश नम्बर १ समितिले राई र राउतलाई उम्मेदवार बनाउने निर्णय गरेपछि दुवैले उम्मेदवारी दर्ता गरेका हुन्।
पार्टीले केन्द्रमा गठबन्धन गरेको भए पनि हलेसी तुवाचुङमा कांग्रेसले एक्लै लड्ने निर्णय गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।