काठमाडौं–निर्वाचन आयोगको सोमबार साँझ साढे ८ बजेसम्मको विवरणअनुसार स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन्।
आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि २३४३ र अध्यक्षका लागि २४९७ जनाले मनोनयन दर्ता गराएका छन्।
यस्तै, उपप्रमुखका लागि १४४५, उपाध्यक्षका लागि १७२६, वडाध्यक्षका लागि २० हजार १ सय ७६, महिला सदस्यका लागि १३ हजार ५ सय ५४ र दलित महिला सदस्यका लागि १२ हजार १ सय ८१ जनाले मनोनयन दर्ता गराएका छन्। वडा सदस्यका लागि २८ हजार २ सय ८८ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।