काठमाडौं–डोल्पाको शेफोक्सुन्डो गाउँपालिकाका अधिकांश पदमा एमाले उम्मदेवारहरु निर्विरोध भएका छन्।
एमालेका तर्फबाट अध्यक्ष धावासम्डुक गुरुङ, वडा नम्बर १, ३, ५, ६ र ७ का वडाध्यक्षहरु क्रमशः जिक्मेछोइङ लामा, पेमागिर्मे गुरुङ, कार्मातार्के गुरुङ, रिग्जिन गुरुङ, पेमाछिरिङ गुरुङ र सार्के लामासहित अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएकाे एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।
यद्यपि निर्वाचन आयोगले उनीहरु निर्विरोध भएको घोषणा गर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।