काठमाडौं–निर्वाचन आयोगको सोमबार साँझ साढे ७ बजेसम्मको विवरणअनुसार स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा ७१ हजार २ सय ३७ जनाले मनोनयन दर्ता गराएका छन्।
आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि २११८ र अध्यक्षका लागि २२२१ जनाले मनोनयन दर्ता गराएका छन्।
यस्तै, उपप्रमुखका लागि १३१८, उपाध्यक्षका लागि १५४४, वडाध्यक्षका लागि १७ हजार ७ सय १, महिला सदस्यका लागि ११ हजार ६ सय ५५ र दलित महिला सदस्यका लागि १० हजार ३ सय ७१ जनाले मनोनयन दर्ता गराएका छन्। वडा सदस्यका लागि २४ हजार ३ सय ९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।