काठमाडौं–नेत्रविक्रम चन्द ‘विप्लव' नेतृत्वको पार्टीले कालिकोटको एक स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ।
कालिकोटको रास्कोट नगरपालिकामा विप्लव समूहकी केन्द्रीय सदस्य धिरिन्द्रा उपाध्याय (भृकुटी) ले मेयरमा उम्मेदवारी दिएकी छन्। उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन्।
उपप्रमुखमा सोही समूहकी छायाँ सुनारले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। भृकृटी नेकपा माओवादीबाट संविधान सभा सदस्यसमेत भएकी थिईन्। उनी माओवादी केन्द्रबाट अलग हुँदै विप्लव नेतृत्वको नेकपामा सक्रिय भएकी थिईन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।