काठमाडौं–डोल्पाको काइके गाउँपालिकाका सबै पदमा निर्विरोध चयन भएको छ। ७ वटा वडा रहेको गाउँपालिकामा ३७ जना जनप्रतिनिधि निर्वाचित हुनुपर्नेमा ३५ जनाको मात्रै मनोनयन दर्ता भएको छ।
गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका अंगकुमार रानाको मात्र उम्मेदवारी परेको छ। यस्तै, वडाध्यक्ष तथा वडा समिति सदस्यमा पनि एकीकृत समाजवादीको मात्र उम्मेदवारी परेको छ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी मीना रानाको मात्र उम्मेदवारी परेको छ।
यद्यपि निर्विरोध चयनको घोषणा भने पछि निर्वाचन आयोगले गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।