काठमाडौं–निर्वाचन आयोगको सोमबार साँझ साढे ६ बजेसम्मको विवरणअनुसार स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा ६० हजार ९ सय ५० जनाले मनोनयन दर्ता गराएका छन्।
आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि १९१४ र अध्यक्षका लागि १९४४ जनाले मनोनयन दर्ता गराएका छन्।
यस्तै, उपप्रमुखका लागि ११३७, उपाध्यक्षका लागि १३१९, वडाध्यक्षका लागि १५ हजार २ सय ८५, महिला सदस्यका लागि ९ हजार ८ सय ९१ र दलित महिला सदस्यका लागि ८ हजार ६ सय ९४ जनाले मनोनयन दर्ता गराएका छन्। वडा सदस्यका लागि २० हजार ७ सय ३० जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।