काठमाडौं–निर्वाचन आयोगको सोमबार साँझ ५ बजेसम्मको विवरणअनुसार स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा ४८ हजार १ सय ९७ जनाले मनोनयन दर्ता गराएका छन्।
आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि १६५७ र अध्यक्षका लागि १६१० जनाले मनोनयन दर्ता गराएका छन्।
यस्तै, उपप्रमुखका लागि ९७५, उपाध्यक्षका लागि १०५०, वडाध्यक्षका लागि १२ हजार ३ सय १२, महिला सदस्यका लागि ७ हजार ६ सय ९३ र दलित महिला सदस्यका लागि ६ हजार ७ सय ११ जनाले मनोनयन दर्ता गराएका छन्। वडा सदस्यका लागि १६ हजार १ सय ८९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।
मनोनयन दर्ताका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गतेको मिति तोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।