सिन्धुपाल्चोक- नेकपा एमालेका तर्फबाट सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अध्यक्षमा झम्क नेपालले उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै उपाध्यक्षमा शोभना तामाङले उम्मेदवारी दर्ता गराएकी छन्।
सोमबार निर्वाचन कार्यलय नवलपुरमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका लागि उनीहरु नेता कार्यकर्ताको जुलुससहित नवलपुर पुगेका थिए।
नेकपा एमाले पूर्व जिल्ला अध्यक्षसमेत रहेका नेपालले यसपटक एमालेको जित सुनिश्चित भएको दाबी गरे। गत स्थानीय तहको निर्वाचनमा नेपाल नेपाली कांग्रेससँग झिनो मतले पारजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।