काठमाडौं- वीरगंज महानगरपालिकाको प्रमुखका लागि नेकपा एमालेको तर्फबाट विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन्।
सरावगी यसअघि पनि सो महानगरपालिकाको प्रमुख नै थिए। उनले तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा)बाट प्रमुखमा जित निकालेका थिए।
पुनः प्रमुखको उम्मेदवार बन्ने आकांक्षा राखेका सरावगीले टिकट नपाउने भएपछि जसपा परित्याग गरेका थिए। उनी गत फागुनमा एमाले प्रवेश गरेका थिए।
वीरगंज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेलको सहमति भएको छ। सोही अनुसार त्यहाँको उपप्रमुखमा लोसपाका पुरुषोत्तम झाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।