काठमाडौं- सत्तागठबन्धनका तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेको ललितपुरमा सोमबार दिउँसो महर्जनले जावलाखेलस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। उनी २०७४ सालमा पनि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
ललितपुरको उपमेयरमा भने गठबन्धनबाट माओवादीका बाबुराजा बज्राचार्य उम्मेदवार बनेका छन्।
एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा आस्था शाक्यले मनोनयन दर्ता गराएका छन्।
व्यञ्जनकार यसअघिको निर्वाचनमा झिनो मतका साथ महर्जनसँग पराजित भएका थिए। यसपटक पनि उनीहरु दुईबीच प्रतिस्पर्धा हुने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।