जनकपुर- जनकपुर उपमहानगरपालिको मेयर जनता समाजवादी पार्टीलाई दिने निर्णयले यहाँको कांग्रेसमा पहिरो गएको छ।
कांग्रेस परित्याग गरेलगत्तै रूना झाले नेकपा एमालेबाट जनकपुर उपमहानगरमा उपमेयरको टिकट पाएकी छिन्।
केही दिनअघि कांग्रेसका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेका कांग्रेस नगर सभापति मनोज साहले पार्टी छाडेर स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन्।
उपमेयरको उम्मेदवार पक्का भएपछि झाले नेपाली कांग्रेसको प्रदेश समिति सदस्यबाट राजीनामा दिएकी थिइन्। कांग्रेसले उपमेयरमा किशोरी साहलाई उम्मेदवार बनाएको छ।
गठबन्धनमा जनकपुरको मेयर जनता समाजवादी पार्टीको भागमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।