धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख र उप्रमुखमा गठबन्धन गरेका नेपाली कांग्रेस र माओवादी केन्द्रले वडामा भने आ–आफ्ना उम्मेदवार उठाउने भएका छन्।
माओवादीले सबै वडामा आफ्ना उम्मेदवार उठाउने भएपछि वडामा गठबन्धन नहुने भएको हो।
माओवादीले धनगढीका १९ वटै वडाका वडाध्यक्षका उम्मेदवारको टुंगो लगाइसकेको छ। केहीबेरमै वडाध्यक्षहरुले निर्वाचन कार्यालयमा मनोनयन गर्ने तयारी रहेको माओवादी केन्द्रको धनगढी नगर कमिटी सचिव रमेशप्रसाद भट्टराईले जानकारी दिए।
सचिव भट्टराईका अनुसार माओवादीले वडा नम्बर १ मा यदु सुनार, २ मा डम्बर सुनार, ३ मा सुन्दरलाल धामी, ४ मा आशिष बम, ५ मा रुपलाल चौधरी, ६ मा भागीराम चौधरी, ७ मा इन्द्र चौधरी, ८ मा विश्वजित चौधरी, ९ मा बलबहादुर बिकलाई अध्यक्षको उम्मेदवार बनाउन निर्णय गरेको छ।
वडा नम्बर १० मा भने माओवादीले कांग्रेसलाई सघाउने जनाएको छ।
त्यस्तै, वडा नम्बर ११ मा गंगारामा राना, १२ मा खडक भट्ट, १३ मा टेकसिंह धामी, १४ मा कृष्ण गिरी, १५ मा फुलराम चौधरी, १६ मा रामलाल चौधरी, १७ मा रामबहादुर चौधरी, १८ मा मुरारी अधिकारी र १९ मा हरिचन्द्र चौधरीले वडाध्यक्षको टिकट पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।