चितवन- सत्तागठबन्धनले भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिइएको विरोधमा पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराएका छन्।
भरतपुरका असन्तुष्ट कांग्रेस कार्यकर्ता र झन्डासहित उनले उम्मेदवारी दिएका हुन्।
उनलाई नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव गरेका छन् भने महासमिति सदस्य मीना खरेलले समर्थन गरेकी छन्।
माओवादी केन्द्रले भने पौडेलको उम्मेदवारीमा पुनर्विचार हुने अपेक्षा गरेको छ। माओवादी केन्द्रका प्रवक्ता महराले यस्तो बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।