काठमाडौं–सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छन्।
गठबन्धनमा सहमति हुँदा काठमाडौं महानगर कांग्रेसको भागमा परेको थियो। कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिंहले सोमबार उम्मेदवारी दर्ता गरेकी हुन्।
राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजासहित पुगेकी सिंहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। एमालेबाट भने काठमाडौंको मेयरमा केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।