काठमाडौं–यौन दुराचारको आरोप खेपेका केशव स्थापितलाई नेकपा एमालेले मेयरको टिकट 'उपहार' दिएको छ।
राजधानी काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाएपछि स्थापितले सोमबार नै उम्मेदवारी दर्ता समेत गराएका छन्।
उम्मेदवारी दर्ता गराएपछि आफूमाथि लागेको यौन दुराचारको आरोप बारे उनले सस्तो टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘विवादमै आएन भने त्यो केशव स्थापित हुन्छ र?’
२०७५ कात्तिक १६ गते प्रदेश ३ का भौतिक योजना मन्त्री स्थापित पदमुक्त समेत गराइएको थियो। तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरेका थिए। मुख्यमन्त्री पौडेलसामु स्थापितले अभद्र व्यवहार देखाएको भन्दै पदमुक्त गराइएको थियो।
यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा महिला हिंसा गरेको भन्दै रश्मिला प्रजापतिले मिटु अभियानमार्फत स्थापितलाई आरोप लगाएकी थिइन्।
साथै अर्की सञ्चारकर्मी उज्ज्वला महर्जनले पनि स्थापितले अनावश्यक फोन कल गरेको आरोप लगाएकी थिइन्। स्थापितले महिला सञ्चारकर्मीले लगाएको आरोपको प्रतिवाद गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।