बाजुरा- नेपाली कांग्रेसको तर्फबाट बूढीनन्दा नगरपालिकाका मेयरको प्रत्यासी रहेका रामबहादुर बोहराले टिकट नपाएपछि पार्टी छाडेका छन्। उनी नेकपा एमाले प्रवेश गरेका हुन्।
पार्टी भित्रका केही व्यक्तिवादी चरित्र र आफैं मात्र सर्वेसर्वा भएर पैसाको भरमा राजनीति किन्न खोजेको भन्दै पार्टी परित्याग गरेको बताएका छन्।
उनले भनेका छन्, 'पदमा रहँदा पनि पदको हदैसम्म दुरुपयोग गरेको र पार्टी संस्थागत मूल्य मान्यता विपरीत केही व्यक्तिले पार्टी कब्जा गर्न खोजेकोले आज वैशाख १२ गतेदेखि नेपाली कांग्रेस बाजुरा प्रदेश निर्वाचन क्षेत्र क को सभापतिसहित पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको छु।'
उनी बूढीनन्दा नगरपालिकाको नगरप्रमुखको रुपमा सिफारिस भएका थिए। तर, कांग्रेसले पूर्वमेयर पदम गिरिलाई नै दोहोर्याउने निर्णय गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।