धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, उपप्रमुखमा माओवादीकी शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएकी छन्।
वड नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् भने उनी २०७४ को निर्वाचनमा पनि मेयर निर्वाचित भएका थिए। यस्तै, अधिकारी भने २०७४ को निर्वाचनमा उपप्रमुख पदमा पराजित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।