काठमाडौं- आगामी स्थानीय तह निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता भइरहेको छ ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो।
आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्म १८ हजार ७४२ जनाको उम्मेदवारी परेको छ।
आयोगका अनुसार स्थानीय तहका प्रमुखका लागि ८६३, अध्यक्षका लागि ६९५, उपप्रमुखका लागि ४२४ जनाको उम्मेदवारी दर्ता भएको छ।
त्यस्तै वडा अध्यक्षमा ५०५४ जनाको उम्मेदवारी दर्ता हुँदा महिला सदस्यमा ६१०८,दलित महिलामा २८५४ र सदस्यमा २३५५ जनाको उम्मेदवारी दर्ता भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।