काठमाडौं- भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन्।
सोमबार उम्मेदवारी दर्ता गर्नुअघि एमाले उम्मेदवार सुवेदीले भरतपुरस्थित पार्टी कार्यालयमा रहेको मदन भण्डारीको सालिक र क्यान्सर अस्पतालमा रहेको वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन्।
भरतपुरमा पाँच दलिय गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहेकी छन्।
नेपाली कांग्रेसका नेता कार्यकर्ताले भरतपुर माओवादीलाई दिन नहुने भन्दै बिरोध जारी राखेका बेला एमाले उम्मेदवार सुवेदीले वीपी कोइरालाको सालिकामा माल्यार्पण गर्दै कांग्रेस मतदाताको सहानुभुति लिन खोजेको चर्चा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।