धनगढी- नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकामा नगर प्रमुखका लागि रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चन्दले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्। जिल्ला अध्यक्षमा पराजित चन्दलाई नगर प्रमुखको उम्मेदवार बनाएको हो।
यस्तै उपप्रमुखमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन्। यसअघि पार्टी कार्यालयबाट बाजागाजा सहित र्याली निकालिएको थियो।
र्यालीमा पार्टी सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट र पूर्वमन्त्री नारदमुनि राना लगायत सहभागि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।