काठमाडौं- पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले उपत्यकाको एक स्थानीय तहको उपप्रमुख प्राप्त गरेको छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको सोमबार बिहान बालुवाटारमा बसेको बैठकमा काठमाडौंको चन्द्रागिरी नगरपालिकाको उपप्रमुख राजमोलाई दिने सहमति भएको हो।
उक्त नगरपालिकामा नेपाली कांग्रेसलाई प्रमुख र राजमोलाई उपप्रमुख दिने सहमति भएको हो। राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले चन्द्रागिरी नगरपालिकाको उपप्रमुखमा आफ्नो पार्टीलाई दिने सहमति भएको जानकारी दिए।
उनका अनुसार राजमोले आफ्नो भागमा परेको उपप्रमुखमा उम्मेदवार पनि तय गरिसकेको छ। पत्रकार समेत रहेका रोशन दानीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको पुरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।