काठमाडौं- आगामी स्थानीय तह निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ताको समय सकिँदैछ। निर्वाचन आयोगले वैशाख ३० का लागि तय भएको स्थानीय तह निर्वाचनका लागि सोमबार बिहान ११ बजेसम्म १३ हजार बढीको उम्मेदवारी दार्ता भएको जनाएको छ। बिहान ११ बजेसम्म कूल १३ हजार ८८६ जनाको उमेदवारी दर्ता भएको छ।
जसमा मेयरतर्फ ६१३, गाउँपालिका अध्यक्षतर्फ ४७६, उपमेयरमा २८६, गाउँपालिका उपाध्यक्षमा ३०३ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै वडा अध्यक्षमा तीन हजार ५४६, महिला सदस्यहमा दुई हजार ६९, दलित महिला सदस्य एक हजार ६६४, सदस्यमा चार हजार ४४७ जनाले उमेदवारी दर्ता गरेको आयोगले जनाएको छ।
मुख्य राजनीतिक दलहरुले देशका अधिकांश स्थानमा पहिलो दिन उम्मेदवारी दर्ता गराएनन्। ति दलहरुले आज उम्मेदवारी दर्ता गराउँदै छन्।
कतिपय स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन दलहरु अझै छलफलमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।