काठमाडौं- नेपाली कांग्रेसले ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई नै दोहोर्याउने भएको छ।
उनलाई नेपाली कांग्रेसले मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको हो। महर्जनले आफूलाई तयारीमा बस्न केन्द्रबाट निर्देशन आएको नेपाल लाइभलाई जानकारी दिए।
‘मलाई केन्द्रले तपाईं तयारीमा बस्नुस भनेर खबर आएको छ। मलाई नै टिकट दिइएको हो,’उनले प्रतिक्रिया दिँदै भने। महर्जन २०७४ को स्थानीय तहको निर्वाचनमा पनि ललितपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।