डोटी- आसन्न स्थानीय तह निर्वाचनमा डोटी जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच तालमेल हुने भएको छ।
सत्ता गठबन्धनमा रहेका पाँच दलबीचमा सहमति नभएपछि माओवादी र समाजवादीले चुनावी तालमेल गर्ने भएका हुन्।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले राष्ट्रिय जनमोर्चालाई पनि समेटेका छन्, कांग्रेस भने एक्लै चुनाव लड्ने भएको छ। चुनावी तालमेलका लागि लामो समयसम्म सत्ता गठबन्धनका दलहरूमा छलफलमा भए पनि पार्टीका आआफ्नै अडानका कारण तालमेल हुन सकेन।
माओवादी केन्द्रले एउटा नगरपालिकाको प्रमुख, उपप्रमुख, ४ गाउँपालिकाको अध्यक्ष तथा ३ गाउँपालिकाको उपाध्यक्ष र समाजवादीले एउटा नगरपालिकाको प्रमुख, उपप्रमुख, ३ गाउँपालिकाको अध्यक्ष तथा ४ गाउँपालिकाको उपाध्यक्ष पाउने भएको छ।
माओवादी केन्द्रले ४० वडाको वडा अध्यक्ष र एकीकृत समाजवादीले २३ वडाको वडा अध्यक्ष पाउने छन् भने एक ओटा वडाको वडा अध्यक्ष राष्ट्रिय जनमोर्चाको भागमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।