काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनका शीर्षस्थ नेताहरुले नमिलेको स्थानमा सकेसम्म गठबन्धन गरेर जाने विषयमा छलफल गरेका छन्।
उम्मेदवारको मनोनयन दर्ताको अन्तिम दिन पनि बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उनीहरुले नमिलेका ठाउँमा मिलाएर जाने विषयमा छलफल गरेका हुन्।
‘महानगर र उपमहानगरमा मेयर/उपमेयर मिलाउन सकियो। तर, तल मिलेको अवस्था देखिएन,’एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने,‘अन्तिम दिन भए पनि सकेसम्म मिलाउने भन्ने कुरा भएको छ।’
शीर्षस्थ नेताहरुले तल्लो तहमा नमिलेका ठाउँमा केन्द्रबाट नै निर्देशन दिने विषयमा पनि छलफल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।