काठमाडौं- नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्।
कांग्रेस नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले दिउँसो र्याली सहित उम्मेदवारी दर्ताको तयारी रहेको जानकारी दिए।
पार्टीको महानगर समितिको आयोजनामा सोमबार काठमाडौं महानगरपालिकाको मेयर लगायत सम्पूर्ण वडाको प्रतिनिधिहरुको मनोनयन दर्ताको लागि दिउँसो १ बजे शान्ति बाटिका रत्नपार्कमा भेला भई र्यालीसहित उम्मेदवारी दर्ताका लागि जाने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।