काठमाडौं– जिल्ला–जिल्लामा गठबन्धन दलबीच विवाद बढिरहेको बेला एकीकृत समाजवादीकी नेतृ तथा मन्त्री रामकुमारी झाँक्रीले गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्।
आइतबार राति ट्विट गर्दै उनले गठबन्धनका दलबीच दम्भ देखिएको बताएकी छन्। ‘गठबन्धनका दलहरूको बीचमा हामीले आफैभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं,’ उनले लेखेकी छन्, ‘हाम्रा वार्ता संवादमा केही दम्भ देखियो।’
गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा एक दिन यसको हिसाब मिलान गर्नुपर्ने देखिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।