काठमाडौं– स्थानीय तह निर्वाचनका लागि आइतबार देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलका अनुसार पालिका अध्यक्ष र प्रमुखमा ९८७, उपाध्यक्ष र उपप्रमुखमा ५०८ जनाको उम्मेदवारी दर्ता भएकाे छ।
वडाध्यक्षमा २९२१, वडा सदस्यमा ३३३८, महिला सदस्यमा १५७६, दलित महिला सदस्यमा १२०३ जनाको उम्मेदवारी परेको हाे। उम्मेदवारी दिनेमध्ये ३५०६ जना महिला रहेकाे उनले बताए।
प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राप्रपा लगायतले अधिकांश स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छैनन्।
वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि आयाेगले आजर भोलि मनाेनयकाे समय ताेकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।