• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मनोनयनको पहिलो दिन महानगरमा कति उम्मेदवारी? 

64x64
नेपाल लाइभ आइतबार, वैशाख ११, २०७९  २१:३६
1140x725

काठमाडौं– यही वैशाख ३० गतेलाई तय स्थानीय तहको निर्वाचनका लागि आइतबारदेखि उम्मेदवारी दर्ता सुरू भएको छ। पहिलो दिन ठूला राजनीतिक दलहरूले अधिकांश स्थानमा उम्मेदवारी दर्ता गरेनन्। सत्ता गठबन्धनभित्र रहेको उम्मेदवारी विवाद र प्रमुख प्रतिपक्ष एमाले पनि उम्मेदवारी मिलाउनमै केन्द्रित भएपछि आइतबार प्रमुख दलले उम्मेदवारी दर्ता गरेनन्। 

मनोनयनको पहिलो दिन सत्ता गठवन्धनभित्रै विद्रोह देखियो। पोखरा र विराटनगरमा सत्ता गठवन्धनभित्र रहेका दलका नेताहरूले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराए। नेपाली कांग्रेस र जसपाका नेताहरूले यसरी उम्मेदवारी दर्ता गराएका हुन्।  अन्तिम दिनसम्म कति स्थानमा विद्रोही उम्मेदवार देखिने हुन् टुङ्गो छैन। 

पोखरा :
पोखरा महानगरमा पहिलो दिन मेयरका लागि १० जनाले उमेदवारी दर्ता गराएका छन्। सत्ता गठवन्धनमा रहेका दलहरूले भागबन्डा गर्दा पोखरामा मेयर एकीकृत समाजवादीको भागमा परेको थियो भने उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो। एकीकृत समाजवादीले उक्त नगरमा नाम सिफारिस गरेपनि नेपाली कांग्रेसभित्र विवाद भइरहेको छ। त्यस्तै सत्ता गठवन्धनले महानगरका वडामा पाउने भागबन्डा र कास्की जिल्लामा पाउने भागमा पनि सहमती हुन सकेको छैन। जसका कारण उनीहरूले पहिलो दिन उम्मेदवारी दर्ता गराउन सकेनन्। 

त्यस्तै नेकपा एमालेभित्र पनि विवाद भइरहेको छ। कार्यकर्ताहरूले आन्दोलन गरिरहेका छन्।  जसका कारण उसले उम्मेदवारी दर्ता गराएनन्। पहिलो दिन उम्मेदवारी दर्ता गराउनेमा ६ जना स्वतन्त्र उमेदवार छन् भने चार दलीय उमेदवार हुन्। 

स्वतन्त्र उमेदवारी दिनेमा लेखक गनेस पौडेल (खडकराज पौडेल) विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरूङ, नवराज बास्तोला, किसानसिंह गुरूङ छन्। कार्की कांग्रेसका क्रियाशील सदस्य हुन्। मेयरमा उमेदवारी दर्ता गराएकामध्ये लेखक पौडेल ‘अटेरी अभियान’का संयोजक हुन्।

सञ्जय तिमिल्सिनाले मौलिक जरोकिलो पार्टी, सचेत नेपाली पार्टीबाट भोजराज खनालले उमेदवारी दिएका छन्। नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरूङले मेयरमा उमेदवार दर्ता गराएका छन्। ३५ जनाले वडाध्यक्ष र सदस्यमा उमेदवारी दर्ता गराएका छन्। 

विराटनगर :
विराटनगर महानगरमा पनि पहिलो दिन प्रमुख राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गरेनन्। नेकपा एमालेको मेयर र उपमेयको टुङ्गो लागेको छैन भने सत्ता गठबन्धनभित्र पनि नाममा विवाद जारी रहेको छ। विराटनगरमा आज मेयरमा तीनजनाको उमेदवारी परेको छ। तीमध्ये एकजना सिके राउतको पार्टीका रहेका छन् भने र दुई स्वतन्त्र हुन्। मेयरसहित वडाध्यक्ष र सदस्य पदमा गरी ५७ जनाको मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

जनमत पार्टीका तर्फबाट पार्टीका महानगर समिति अध्यक्ष अरूणकुमार मण्डलले मेयरमा मनोनयन दर्ता गराए भने स्वतन्त्रबाट उमेश यादव र सक्रिय गौतमले उम्मेदवारी दिए।  यादवले शनिबार मात्र जनता समाजवादी पार्टी परित्याग गरेको घोषणा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उक्त महानगरको मेयर नेपाली कांग्रेसलाई परेपछि उनले पार्टीभित्र विद्रोह गरेका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आइतबार १८ जनाले वडा अध्यक्ष र ३६ जनाले वडा सदस्यमा मनोनयन दर्ता गराएका छन् दलतर्फ नेपाल सद्भावना पार्टी, लोसपा, नागरिक उनमुक्ति पार्टी, जनमत पार्टी, पिछडा वर्ग निसाफ जनजाति पार्टी र विवेकशील साझा पार्टीले वडा अध्यक्षमा उम्मेदवारी दिर्ता गराएका छन्। 

भरतपुर :
मनोनयनको पहिलो दिन भरतपुर महानगरको मेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसरी उम्मेदवारी दर्ता गराउनेमा ६ जना राजनीतिक दलबाट र ५ जना  स्वतन्त्र उम्मेदवार रहेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका अनुसार प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरूङ र मंगोल नेसनल अर्गनाइजेसनबाट टेकबहादुर पुन, नेकपा मालेबाट सूर्यप्रसाद रेग्मी, मौलिक जरोकिलो पार्टीबाट बिनोदकुमार गिरी र उन्नत लोकतन्त्र पार्टीबाट दिपेन्द्र बास्तोलाले उम्मेदवारी दर्ता गराए। 

स्वतन्त्रबाट रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल, हरिश्चन्द्र घिमिरे र रामकृष्ण ओझाले उम्मेदवारी दर्ता गराए।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ललितपुर :
ललितपुर महानगरपालिकाको मेयरमा ८ जना र उपमेयरमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ। पहिलो दिन प्रमुख राजनीतिक दलहरूले उम्मेदवारी दर्ता नगरेपछि अन्य दल र केही स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। ललितपुर महानरपालिकाका प्रमुख निर्वाचन अधिकृत विष्णु पाण्डेका अनुसार मेयरमा राष्ट्रिय जनमुक्ति पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, मजदुर किसान पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील पार्टी, नेकपा माले र स्वतन्त्रले उम्मेदवारी दिएका छन्।  

यस्तै, उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र एक जना स्वतन्त्रले उम्मेदवारी दिएका छन्।  ललितपुरमा सत्ता गठबन्धनमा विद्रोह भएको छ। माओवादी केन्द्र र नेपाली कांग्रेसले जिल्लाभरीका स्थानीय तहको भागबन्डा गरेपछि एकीकृत समाजवादीले महानगरमा अलग्गै उम्मेदवारी दर्ता गराएको छ।

सत्ता गठबन्धनको भागमा ललितपुर मेयर कांग्रेस र उपमेयर माओवादीको भागमा परेको छ। एमालेले उक्त क्षेत्रमा मेयर उम्मेदवारको उम्मेदवार तय गरिसकेको छ। एमालेको तर्फबाट मेयरमा हरिकृष्ण व्यञ्जनकारको नाम यसअघि नै तय भएको थियो भने नेपाली कांग्रेसका तर्फबाट अहिलेका मेयर चिरिबाबु मर्हजन पुनः दोहोरिने तयारीमा रहेका छन्। तर, पार्टीभित्र उनको नाममा विवाद रहेको छ।  

काठमाडौं :
उम्मेदवारी दर्ताको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयरमा १६ जना र उपमेयरमा १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।  विभिन्न वडाको वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ। 

काठमाडौंको मेयरका लागि पहिलो नम्बरमा आनन्द राज जोशीले उम्मेदवारी दर्ता गराएका थिए। राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन्। र्‍यापर बालेन शाहले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। रविकान्त मानन्धरले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका छन्।  राजन कार्कीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। 

यस्तै, विवेकशील साझा पार्टीका तर्फबाट समीक्षा बाँस्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीका तर्फबाट रामबहादुर खड्काले महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। 

मंगोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट सीता तामाङ, मौलिक जरोकिलो पार्टीको तर्फबाट मनोजराज आचार्यले मेयरमा उम्मेदवारी दर्ता गरेका छन्। ज्ञानु लामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। 

उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमीले पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका छन्। अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा श्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनको पनि काठमाडौंको मेयरमा उम्मेदवारी परेको छ। 

यसैगरी, आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट गुणबहादुर बञ्जाराले काठमाडौं महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरको छन्। उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका कोषाध्यक्ष विद्या श्रेष्ठ महर्जन, अमरबहादुर खत्री र विश्वविजय श्रेष्ठले उपमेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  २१:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्