काठमाडौं– नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिका बाहेक अन्य स्थानीय तहमा गठबन्धन नगर्ने भएको छ।
कार्यकर्ताको व्यापक असन्तुष्टि र राय सुझावमा आधारमा महानगरपालिका बाहेक अन्य पालिकामा एक्लै चुनाव लड्ने निर्णय भएको कास्की कांग्रेसका सचिव भानु ढकाललेब ताएका छन्।
आइतबार दिउँसो कांग्रेसका सयौं कार्यकर्ताहरूले कांग्रेस सभापति किशोरदत्त बराल, सचिव भानु ढकाल लगायतको टोलीलाई जिल्ला पार्टी कार्यालयमा तीन घण्टासम्म थुनेका थिए। उनीहरूले कुनै हालतमा गठबन्धन गर्न नहुने माग गरेका थिए।
सभापतिको कार्यकक्षमा थुनिएका नेताहरूले 'गठबन्धन मान्दैनौं, कार्यकर्ताहरुको चाहना अनुरुप अघि बढ्छौं' भन्ने विज्ञप्ति जारी गरेपछि मात्र ताला खोलिएको थियो।
असन्तुष्ट कार्यकर्ताहरूले पार्टी कार्यालय नै तोडफोड गर्न थालेपछि प्रहरीले सुरक्षा समेत दिनु परेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।