• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

प्रमुख दललाई उम्मेदवार छान्नै सकस

64x64
नेपाल लाइभ आइतबार, वैशाख ११, २०७९  २०:००
1140x725

काठमाडौं– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको पहिलो दिनको समय सकिएको छ। अब सोमबार मनोनयन दर्ताको अन्तिम दिन हो।

पहिलो दिन देशभर स्वतन्त्र उम्मेदवार र साना दलले मात्रै उम्मेदवारी दर्ता गराएका छन्। पाँच दलीय सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आइतबार पहिलो दिन मनोनयन नै दर्ता गराएनन्।

दलका नेताहरुले सोमबार अन्तिम दिन मात्रै मनोनयन दर्ता गर्ने तयारी गरेका छन्। अहिलेसम्म पनि पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ वटा महानगर र ११ उपमहानगर अन्तर्गत अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाइसकेको छ।

देशका ७५३ स्थानीय तहमध्ये अधिकाशं नगरपालिका र गाउँपालिकामा पनि एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छ। तर, गठबन्धन दलले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सिट बाँडफाँड गरेका थिए। तीमध्ये नेकपा एकीकृत समाजवादीको भागमा परेको पोखरा महानगरपालिकामा मेयरमा गठबन्धनबाट साझा उम्मेदवारका रुपमा एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य सिफारिस भइसकेका छन्। तर, बाँकी पालिकाबारे टुंगो नलागेकै कारण आइतबार उम्मेदवारी दर्ता गरेका छैनन्।

महानगरमा समाजवादीले पाएको उपमेयरमा पनि टुंगो लगाइसकेको छ भने उपमहानगरमा पनि निर्णय गरिसकेको छ। उता नेकपा माओवादी केन्द्रको भागमा परेको भरतपुर महानगरपालिकामा पनि टुंगो लागेको छैन। यद्यपि, त्यहाँ वर्तमान मेयर रेणु दाहाललाई नै माओवादी केन्द्रले उम्मेदवार बनाउने आन्तरिक निर्णय गरिसकेको छ। 

वीरगञ्जमा पनि जसपाले मेयरको टुंगो लगाइसकेको छैन। पाँच दलीय गठबन्धनमा केन्द्रमा सहमति भए पनि प्रमुख र उपप्रमुख बाहेकका वडा र सदस्यमा सिट बाँडफाँड कसरी गर्ने भन्ने सहमति जुट्न नसक्दा अन्योल नै देखिएको छ। उपमहानगरमा पनि अवस्था त्यस्तै छ। 

ललितपुर महानगरपालिकामा त एकीकृत समाजवादी असन्तुष्ट बनेर मेयर र उपमेयरसहित सबै वडामा उम्मेदवारी दिने तयारी गरेको छ। मनोनयनको समय अब सोमबार मात्रै बाँकी रहँदा पनि दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा सकसपूर्ण देखिएको छ। 

सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले अहिलेसम्म महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन सकेको छैन। जिल्ला तहमा पनि अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसको भागमा परेका तीनवटा महानगरपालिकाको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी केन्द्रीय संसदीय समितिले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। यद्यपि, देउवालाई जिम्मेवारी दिने निर्णयमा संस्थापनइतर पक्षले भने असन्तुष्टि जनाएको छ। 

आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गठित संसदीय समितिको बैठकले महानगरमा पार्टीको तर्फबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्नेको नाम टुंगो लगाउने जिम्मेवारी देउवालाई दिएको हो। कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकामा प्रमुख तथा पोखरा, भरतपुर र वीरगञ्ज महानगरपालिकामा उपप्रमुखको उम्मेदवार टुंगो लगाउन बाँकी छ। कांग्रेस शीर्ष नेताहरूको निरन्तरको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहको नाम टुंगो लगाए पनि अन्य उम्मेदवारहरू टुंग्याउन सकेको छैन। 

देउवाले आजै मध्यरातसम्ममा उम्मेदवारको टुंगो लगाउने र सोमबार मनोनयन दर्ता गरिने उनीनिकट नेताहरुले बताएका छन्। नेपाली कांग्रेसभित्र केन्द्रमा मात्रै होइन जिल्ला तहमा गठबन्धन गर्ने निर्णयको चर्को विरोध भएको छ। आइतबार कास्कीमा असन्तुष्ट कार्यकर्ताले जिल्ला तहका नेताहरुलाई पार्टी कार्यालयभित्र नै थुनेर तालाबन्दी गरेका थिए।

नेकपा एमालेमा पनि पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको विषयमा असन्तुष्टि देखिएको छ। उपमेयरको उम्मेदवार बनाउने पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयमा मञ्जु गुरूङले असन्तुष्टि जनाएकी छन्। उनले आफूले मेयर÷उपमेयर दुवैमा दाबी नगरेको भन्दै निर्णयमा असन्तुष्टि जनाएकी हुन्। उनी हाल पोखरामा महानगरपालिकाको उपमेयर नै छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पोखरामा मेयर र उपमेयर बनाउने निर्णयले कार्यकर्तादेखि नेताहरुकै तहमा असन्तुष्टि देखिएपछि त्यहाँ नयाँ अनुहार ल्याउने बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै परामर्श थालेका छन्। 

‘हिजोको सचिवालयले एउटा निर्णय गरेको थियो। तर, त्यस निर्णयमा कार्यकर्तादेखि नेताहरु नै असन्तुष्ट देखिएपछि अध्यक्षले परामर्श थाल्नुभएको छ,’ उनीनिकट एक नेताले भने। 

उनका अनुसार सोमबार बिहानसम्ममा पोखरा महानगरको बारेमा निर्णय पुनःविचार हुन सक्ने देखिएको छ। सिफारिस भएका दीपक पौडेलको एउटा विवादास्पद सिसिटिभि फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यसकारणले पनि त्यहाँ पौडेलको ठाउँमा अर्को उम्मेदवार उठाउनुपर्ने दबाब पार्टी नेतृत्वलाई परेको छ। 

गण्डकी प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको तिक्ततापूर्ण गुटबन्दीको असर पोखराको उम्मेदवारी छनोटमा देखिएको नेताहरूको भनाइ छ। 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
प्रियागोल्ड बिस्कुटमा नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्