• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

केशव स्थापित : राजनीतिमा पुनर्स्थापित कि विस्थापित!

64x64
नेपाल लाइभ सोमबार, वैशाख १२, २०७९  ११:०९
1140x725

काठमाडौं- राजनीतिमा पटक-पटक मौका निकै कमले पाउने गर्छन्। केशव स्थापित त्यस्तो नाम बनेको छ, जो आफ्नै 'मति'ले विस्थापित हुन्छन् 'परिस्थिति'ले पुनर्स्थापित गरिरहन्छ। २०७६ कात्तिकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेर बागमतीको भौतिक पूर्वाधार मन्त्रीबाट राजीनामा दिएपछि स्थापित राजनीतिमा सदाका लागि विस्थापित हुने आम अनुमान तीन वर्षमै चिर्न सफल भएका छन्। 

स्थापित २० वर्षपछि फेरि महानगरको राजनीतिमा फर्केका छन्। स्थापितको राजनीतिक प्रतिस्पर्धा २०४९ को स्थानीय चुनावमा उपमेयरको उम्मेदवारीबाट सुरु भएको हो। एमालेबाट उपमेयर उठेका उनी कांग्रेसका नवीन्द्रराज जोशीसँग पराजित भए। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अध्यक्ष भएको राष्ट्रिय युवा संघका महासचिव बनेका उनी त्यसपछि अध्यक्ष भए। २०५१ सालको नेकपा एमालेको सरकारमा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव बन्ने अवसर पाए। २०५४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयर जिते।

महानगरपालिकाको मेयर जितेपछि उनले आमजनका आँखामा पर्ने केही राम्रा काम गरे। सडक अतिक्रमण गरेर बनाइएका बजार भत्काए। आकाशे पुलहरु थपे। सडकहरु विस्तार गरे। तर, त्यसको केही समयमै पार्टी विभाजन भयो। उनी बामदेव गौतमले नेतृत्व गरेको मालेमा पुगे। 

मालेमा पुगेपछि उनले नेकपा एमालेमै रहेका उपमेयर बिदुर मैनालीलाई लेखनाथ नगरपालिकामा काज सरुवा गरिदिए। आफू विदेश गएका बेला कार्यवाहक मेयर नपाउन् भने उनले यस्तो 'उद्दण्ड' गरेका थिए। यो घटना स्थापितको मनमौजी शैलीको पुनरावृत्ति थियो। 

स्थापित कहिल्यै लयमा बग्न खोजेनन्। उतारचढाव रोजिरहे। तत्कालीन अवस्थालाई लिएर सनकमा निर्णय लिइहाल्ने उनको राजनीतिक लय २०५९ सालमा फेरि भत्कियो। तत्कालीन राजा ज्ञानेन्द्रसँग हिमचिम गरेर २०६० सालमा उनी काठमाडौं महानगरपालिकाको मेयर 'स्थापित' भए। त्यहीँबाट उनको राजनीतिक विस्थापन सुरु भयो। 

राजालाई रिझाएर मेयर बनेका उनी त्यहाँ पनि इमान्दार देखिएनन्। उनलाई मेयरबाट हटाइयो। उनी प्रजा परिषद् पुनगर्ठित गर्दै फेरि राजनीतिमा आउने कोशिसमा लागे। त्यो सफल भएन।  

त्यसपछिका १० वर्ष उनी झण्डै-झण्डै निष्क्रिय बने। यही बीचमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख बनाइयो। त्यहाँ पनि उनको स्वभावले लामो समय टिकाएन। माओवादीसँग निकट पुगिसकेका उनले एमालेमै फर्किएको घोषणा गरे र २०७० को निर्वाचनमा काठमाडौं ६ मा टिकटको दाबी गरे। एमालेले नपत्याएपछि उनी समाजवादी फोरमबाट उम्मेदवार बने। 

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिबाट विस्थापनको बाटोतर्फ लागेका उनी २०७० पछि फेरि एमालेमा फर्किएर संगठन निर्माणमा सक्रिय भए। २०७४ को स्थानीय निर्वाचनसम्म आइपुग्दा उनी विद्यासुन्दर शाक्यसँगै मेयरका बलिया दाबेदार बनिसकेका थिए। 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय युवा संघमा एकसाथ काम गरेको नाताबाट अति निकट बनिसकेका थिए। तर, त्यो समय काठमाडौं महानगर कमिटी, काठमाडौं जिल्ला कमिटी र एमाले केन्द्रीय कमिटीमै उनको विरोध भयो। शाक्यले मेयरको टिकट पाए। 

शाक्यलाई जिताउन उनले आफ्नो ठाउँमा मरिमेटे। त्यसको पुरस्कार उनले २०७४ मंसिरमा भएको प्रदेश सभाको निर्वाचनमा पाए। प्रदेश सभा सदस्य मात्रै होइन, मन्त्री समेत बने। 

मन्त्रीबाट पनि 'स्थापित शैली'ले नै विस्थापित भए। एकातिर मुख्यमन्त्री पौडेलसँगको विवादले उनलाई संकटमा पारिरहेकै थियो। त्यहीबेला काठमाडौं महानगरको मेयर हुँदा त्यहाँ कार्यरत कर्मचारीले आफूमाथि स्थापितले यौन दुर्व्यवहार गरेको आरोप लगाइन्। त्यसपछि उनी मन्त्रीमा टिकिरहन सकेनन् र बिदा भए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपा एमाले यतिबेला काठमाडौंमा दोहोरो संकट झेलिरहेको छ। एकातिर सत्ता गठबन्धनले दिएको चुनौती, अर्कातिर विद्यासुन्दर शाक्यमाथि सार्वजनिक रुपमा उठिरहेका प्रश्नले एमालेलाई काठमाडौं जोगाउन सामान्‍य विकल्पले पुग्ने भएन। 

फेरि अध्यक्ष केपी शर्मा ओलीका आँखामा आइपुगे उही ४० वर्ष पहिलेका सहकर्मी स्थापित। काठमाडौंको नेवार समुदायमा राम्रो पकड भएका र चुनावका लागि फन्डा गर्न सक्ने स्थापित यसपल्ट सफल भए भने राजनीतिमा पुनर्स्थापित हुनेछन्, असफल भएमा विस्‍थापित।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ११:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्