काठमाडौं– निर्वाचन आयोगले वैशाख १५ गतेभित्र कर्मचारीहरूलाई खटाइएको स्थानमा हाजिर हुने व्यवस्था गर्न सरोकारवालालाई निर्देशन गरेको छ।
सरुवा, काज र पदस्थापन भएका कर्मचारीहरू खटिएको निकायमा हाजिर हुन नगएको भन्ने गुनासो प्राप्त भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो।
संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको अनुदानमा सञ्चालित संस्था र निकायलाई २०७८ फागुन १६ को निर्देशन बमोजिम चैत १५ गतेभित्र कर्मचारी खटाइएको थियो। तर, तीमध्ये कतिपय कर्मचारीहरु खटाएको स्थानमा नगएको भन्ने गुनासो आएपछि आयोगले ध्यानाकर्षण गराएको हो।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ को लागि मतदान केन्द्र तथा मतगणना कार्यमा खटाउने प्रयोजनका लागि वैशाख १५ भित्र अनिवार्य रुपमा पठाउने व्यवस्था गर्न आयोगले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।