फाइल तस्बिर।
काठमाडौं– नेपाल भ्रमणमा रहेको अमेरिकी संसदीय टोली स्वदेश फर्किएको छ। तीनदिने भ्रमणमा शुक्रबार नेपाल आएको ५ जना सांसदहरुको टोली आइतबार फर्केको हो।
टोलीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेको थियो।
नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा टोली नेपाल आएको थियो।
नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
टोलीका अन्य सदस्यमा सिनेटरहरू (माथिल्लो सदनका) शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली टोलीमा रहेका थिए। त्यसैगरी, सांसद मोन्डेयर जोन्स पनि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।