काठमाडौं- नेपाली कांग्रेसमा केन्द्रीय संसदीय समिति गठन भएको छ। आइतबार सो समिति गठन गरिएको हो।
संसदीय समिति नै गठन नगरी टिकट वितरण गर्न लागिएको भन्दै आलोचना भइरहेको बेलामा सो समिति गठन गरिएको हो।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गर्यो।
विधानको व्यवस्था अनुसार यो समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन सदस्य हुनेछन्। त्यस्तै, सभापतिले मनोनित गर्ने ११ जना केन्द्रीय सदस्य पनि रहनेछन्।
आइतबार गठन गरिएको संसदीय समितिमा रामचन्द्र पौडेललाई मनोनित गरिएको छ। जसअनुसार अहिलेलाई समितिको आकार १४ सदस्यीय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।