• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

गायक बालेनलाई सहज छैन राजनीतिको इन्जिनियरिङ

64x64
नेपाल लाइभ सोमबार, वैशाख १२, २०७९  ०८:१३
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले वैशाख ११ गते नै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

गायकको पृष्ठभूमिबाट आएका बालेन पेसाले इञ्जिनियर हुन्। सामाजिक सञ्जालमा राम्रो प्रशंसक पाएका उनी अहिलेको स्थानीय तहको चुनावमा काठमाडौंको मेयरका लागि लड्दै छन्। 

उनले मेयर पदमा उम्मेदवारी दिने घोषणासँगै थप चर्चामा आएका थिए। आज उनले उम्मेदवारी दर्ता गराउँदा पनि उनको चर्चा यत्तिकै देखिएको छ। 

को हुन् त बालेन?
पेसाले इञ्जिनियर र रुचिले गायक रहेका उनी राजनीतिमा हेलिन लागेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेनले संगीत क्षेत्रमा बाल्यकालबाटै प्रवेश गरे। ९ कक्षामा हुँदा उनले ‘सडक बालक’बोलको गीत लेखेका थिए। 

स्नातकमा पढ्दा मात्र उक्त गीत सार्वजनिक गरे। सडकमा बस्ने बालबालिकाप्रति हुने विभेद र सामाजिक असमानता उनले गीतमा प्रस्तुत गरेका छन्। त्यसपछि, ‘आम नेपाली बुबा’, ‘प्रहरी प्रतिकार’, ‘नेपाल हाँसेको’जस्ता गीत निकाले, जसमा देशको सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ।

बालेनले केही महिनाअघि मेयरमा उठ्ने घोषणा गरेदेखि नै यी गीतहरु चर्चामा छन्। बालेनलाई लिएर सामाजिक सञ्जालमा ‘भोटफरबालेन’ र ‘बालेनफरमेयर’जस्ता ह्यासट्याग चलिरहेका छन्।

‘मलाई मेयर बन्ने सोच ब्याचलर्स पढ्दादेखि नै आएको थियो,’ बालेन भन्छन्, ‘म काठमाडौंको मतदाता भएकाले काठमाडौंबाटै मेयरमा उठ्न लागेको हुँ। ७५३ स्थानीय तहमा ७० जना युवा उठ्ने हो भने क्रान्ति आउँछ। त्यही क्रान्तिको लागि मैले काठमाडौंको मेयरमा उठेको हुँ।’

र्‍यापर बालेनलाई चिनाउने उनको जीवनको पाटो हो। उनले इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। आफू ६५ जिल्ला पुगेर विभिन्न योजनादेखि संरचना डिजाइनसम्मको काम गरिसकेको उनी बताउँछन्। २०७२ सालको भूकम्पपछि उनले उद्धार, राहत वितरण र पुनःनिर्माणको काम गरेका थिए। 

Ncell 2
Ncell 2

आफूले अहिलेसम्म गरेको कामको अनुभव र देखेको राजनीतिक र सामाजिक परिस्थितिका कारण मेयर भएर विकासका काम गर्ने सोच बनाएको उनी बताउँछन्। 

बालेन भन्छन्, ‘हामी युवा भनेको जोस मात्रै होइन्, अध्ययन हो, अनुभव हो। हामीमाथि त्यत्तिकै भरोसा गर्न म भन्दिनँ। सक्षम लाग्छ भने भोट दिने हो, जबर्जस्ती भोट दिनुपर्छ भन्ने छैन।’

बालेन राजनीतिमा नयाँ हुन्, तर काँचा होइनन्। इन्जिनियरिङ पढ्दा ताका नै उनले विद्यार्थी राजनीतिलाई नजिकबाट नियाल्ने मौका पाएका थिए। उनी भन्छन्, ‘इन्जिनियरिङमा अलिअलि राजनीति गरेको पनि थिएँ। त्यहाँ राम्रो गर्नेलाई दबाब आउँछ। देशको जस्तै अवस्था त्यहाँ पनि छ।’

३३ वर्षीय बालेन आफूलाई राजनीतिभन्दा बाहेकबाट भएको आम्दानीबाटै पर्याप्त पुग्ने हुनाले सेवाको भावनाले यो क्षेत्रमा लाग्न लागेको बताउँछन्। ‘मेरो दायाँबायाँ हिँड्दा पैसा आउँछ,’ बालेन भन्छन्, ‘मलाई पैसा कमाउन समस्या छैन। कामदेखि गायन सबैतिरबाट पैसा आउँछ। नाम दाम दुवै छ। सबैथोक भएको मान्छे राजनीतिमा आउने होइन र? हाम्रो देशमा अन्तिममा केही नहुँदा राजनीतिमा आउने भन्ने छ। तर, म सबैथोक भएकाले राजनीतिमा आएको हुँ।’

बालेन थप्छन्, ‘विनोद चौधरीजस्ता मान्छे पैसा कमाएपछि नाम कमाउन राजनीतिमा आएका छन्। मैले त दाम र नाम दुवै कमाएको छु। युवा हुँ, डिग्री छ। ६५ जिल्लामा काम गरेको अनुभव बटुलेको छु। देशको राजनीति र समाज बुझेको छु। मलाई लाग्छ, म आफूले उम्मेदवारी दिएको पदका लागि सक्षम छु।’

बालेनले केही दिनअघि आफ्नो प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन्। उक्त पत्रमा उनले २८ बुँदा समेटेका छन्। उनले यो पत्रमा काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गरी प्राविधिक शिक्षामा जोड दिने बताएका छन्।

स्वास्थ्य क्षेत्रमा शाहले  प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

काठमाडौं महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गर्ने र ७० वर्ष माथिका वृद्धवृद्धाको घरमै निःशुल्क स्वास्थ्य परीक्षण गरिने उनले बताएका छन्।

त्यसैगरी, शाहले शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समितिमार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन्। साथै, सार्वजनिक तथा महानगरीय यातायात व्यवस्थित गरिने उनको भनाइ छ। 

शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने उनले बताएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपिन जोशीको अन्तिम बिदाइ
भारतीय अभिनेता असरानीको निधन
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्