• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १२, २०८२ Tue, Feb 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

‘कम्युनिस्ट सरकारको शासन :  महामारीमा समेत कमिशन र भ्रष्टाचार’

64x64
नेपाल लाइभ आइतबार, वैशाख ११, २०७९  १५:१९
1140x725

काठमाडौं– नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा अघिल्लो प्रतिनिधि सभा निर्वाचनबाट बहुमतसहित सरकारमा आएको नेकपा सरकार सबैभन्दा धेरै भ्रष्ट भएको आरोप लगाएको छ। पार्टी कार्यालय सानेपामा आइतबार सार्वजनिक गरिएको घोषणापत्रमा कम्युनिस्ट सरकार महामारीमा समेत कमिशन र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइएको छ। 

‘भ्रष्टाचारको सबैभन्दा ज्वलन्त उदाहरण कोभिड महामारी नियन्त्रण र रोकथामका लागि सरकारी तयारी तथा मेडिकल सामग्री खरिदको भ्रष्टाचार र कमिशन प्रकरण हो’, घोषणापत्रमा भनिएको छ, ‘कोभिड महामारी सुरू भएपछि महामारी नियन्त्रण गरी जनताको जीवन रक्षा गर्नु सरकारको अनिवार्य प्राथमिक दायित्व र कर्तव्य थियो। तर, महामारी नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले प्रारम्भदेखि नै गम्भीर त्रुटी गर्दै आएको थियो।’
 
कोरोना महामारीको पहिलो लहर सुरू हुँदा सरकार गम्भीर र संवेदनशील नभएको मात्रै होइन, उखानटुक्का र नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमताको अवैज्ञानिक दाबी प्रस्तुत गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको कांग्रेसले आरोप लगाएको छ।
 
‘राजनीतिक , धार्मिक कार्यक्रम र र्‍याली आयोजना गरेर समाजमा कोभिड संक्रमण गराउने प्रमुख स्रोत सरकार र नेकपा भएको थियो’, घोषणापत्रमा भनिएको छ, ‘नेकपाको सरकारले कोभिडका नाममा लकडाउन र निषेधाज्ञा घोषणा गर्ने तथा मृतक र संक्रमितको तथ्यांक सार्वजनिक गर्ने बाहेक केही पनि गरेन। जनस्वास्थ्यप्रति यो हदसम्मको अनुत्तरदायी र असंवेदनशील सरकार नेपालको इतिहासमा शायद कहिल्यै थिएन।’
 
त्यस्तो मानवीय संकटको घडीमा समेत मेडिकल सामग्री खरिदसम्बन्धी भ्रष्टाचार प्रकरण सप्रमाण सार्वजनिक भएपछि सरकारको वास्तविक अनुहार त्यतिबेलै पर्दाफास भएको घोषणपत्रमा उल्लेख छ। नेपालको प्रचलित सार्वजनिक खरिद प्रक्रियासम्बन्धी कानुनअनुरूप आह्वान गरिएको बोलपत्र कोरोना रोकथाम तथा नियन्त्रण तत्कालीन उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्रीको निर्देशनमा अन्तिम घडीमा रद्द गरिएको भन्दै कांग्रेसले  कमिशनका आधारमा बिनाप्रतिस्पर्धा हतारहतारमा विवादित ओम्नी कम्पनीसँग बजार मूल्यभन्दा अस्वाभाविक रूपमा महँगोमा खरिद गर्ने निर्णय मन्त्रिपरिषदले गरेको आरोप लगाएको छ। 

‘ओम्नीले गुणस्तरीय सामान ल्याउन त सकेन नै, समयमा आपूर्ति गर्न पनि सकेन। त्यसैले स्वास्थ्य मन्त्रालयले सम्झौता रद्द मात्रै गरेन, ओम्नीलाई कालो सूचीमा समेत राखेको थियो’, घोषणापत्रमा भनिएको छ ‘जतिबेला सिंहदरबारको वातानुकूलित कक्षमा मन्त्रीहरूले कमिशन एजेन्ट र विचौलियाहरूसँग साँठगाँठ गरिरहेका थिए, त्यतिबेला उपचार र अक्सिजन नपाएर नागरिकहरूले तड्पीतड्पी प्राण त्याग गरिरहेका थिए। जनताको स्वास्थ्यमाथि खेलवाड गरेको योभन्दा हृदयविदारक घटना अरू के हुनसक्छ?’ 

Ncell 2
Ncell 2

‘चार्टर्ड फ्लाइट’गर्दा समेत सरकार भ्रष्टाचार र कमिशनको आहालमा चुर्लुम्म डुबेको कांग्रेसको आरोप छ।  

‘योभन्दा भ्रष्टाचार र कमिशनको पराकाष्ठा के हुनसक्छ ? कोभिड महामारीको कारणले करिब लाखौं संक्रमित र हजारौंभन्दा बढी नेपाली नागरिकको मृत्यु भइसकेको मानवीय संकटको घडीमा समेत जनताको स्वास्थ्यमा खेलवाड गरी कमिशनको खेलमा चुर्लुम्म डुबेर नेकपाको सरकारले भ्रष्टाचारको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ’, घोषणापत्रमा भनिएको छ, ‘यदि नेकपाको सरकार गम्भीर र संवेदनशील भएको भए तथा समयमै उपयुक्त नीति अख्तियार गरेको भए कोभिड महामारीको कारणले यति ठूलो संख्यामा मानवीय क्षति हुने थिएन।’ 

कोभिड महामारीको कारणले जति पनि मानवीय क्षति भयो, त्यसका लागि नेकपाको सरकार र प्रधानमन्त्री ओली प्रमुखरूपमा जिम्मेवार भएको कांग्रेसको आरोप छ। 

‘यो केवल भ्रष्टाचार मात्रै होइन, मानवीय अपराध समेत हो। त्यसैले नेकपाको सरकार भ्रष्टाचार, अनियमितता, कमिशन र कुशासनको पर्याय भएको थियो’, घोषणापत्रमा भनिएको छऽ ‘मेडिकल सामग्री खरिद प्रक्रियामा भएको भ्रष्टाचार र आर्थिक अनियमितताको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको स्मरण गराउन चाहान्छौं।’  

कांग्रेसले उक्त समयमा सचिवालयमा पार्टीभित्रबाटै पेस भएको १९ बुँदे आरोपले नै यो पुष्टि गरेको दाबी गरेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठक बस्दै
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश
बढ्यो सुनको मूल्य
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी मंगलबार, फागुन १२, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, फागुन १२, २०८२
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश मंगलबार, फागुन १२, २०८२
बढ्यो सुनको मूल्य मंगलबार, फागुन १२, २०८२
वसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
टी–२० विश्वकप इतिहासमै वेस्टइन्डिजले बनायो दोस्रो ठूलो स्कोर, जिम्बाब्बेलाई २५५ रनको विशाल लक्ष्य सोमबार, फागुन ११, २०८२
बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्