काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्रमार्फत आफूले जितेको स्थानीय तहमा नेताका आफन्त, नातेदार र परिवारका सदस्यलाई कुनै पनि प्रकारको नियुक्ति नदिने घोषणा गरेको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेसले आगामी स्थानीय तहको चुनावलक्षित घोषणा पत्र ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेको थियो।
उक्त घोषणा पत्रमा कांग्रेसले आफ्नो पार्टीमा कुनै पनि नातेदार वा परिवारका सदस्यहरुलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगीको नियुक्ती नगर्ने घोषणा गरेको छ।
त्यस्तै, जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्ने र गर्न नदिनेजस्ता प्रतिबद्धता कांग्रेसले प्रस्तुत गरेको छ।
सँगै महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रुपमा समेत कुनै अवस्थामा संलग्न नहुने कांग्रेसले प्रतिबद्धता जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।