काठमाडौं– यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि आज देशैभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले यसपटकको स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार दुई दिन मनोनयन दर्ताको समय तोकेको छ।
नोनयन दर्ताको पहिलो दिन भने देशैभर अहिलेसम्म साना पार्टी र स्वतन्त्र उम्मेदवारले मात्रै मनोनयन दर्ता गरिरहेका छन्। प्रमुख पार्टीहरुले भने अहिलेसम्म मनोनयन दर्ता गराएका छैनन्।
६ वटा महानगर र ११ वटा उपमहानगरमा पाँच दलीय गठबन्धनले भागबन्डा गरेका छन्। त्यहाँ उनीहरुले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने उम्मेदवारको टुंगो लगाइसकेको छ।
उम्मेदवार मनोनयन दर्ताको पहिलो दिन अहिलेसम्म प्रमुख पार्टीहरुले उम्मेदवारको मनोनयन दर्ता नै गरेका छैनन्। उनीहरुले सोमबार मात्रै मनोनयन दर्ता गर्ने बुझिएको छ।
ती दलहरुले नगरपालिका र गाउँपालिका तहमा पनि उम्मेदवारको टुंगो लगाउने क्रम जारी छ। एमालेले धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ भने गठबन्धन दलबीच भने सहमतिको अझै प्रयास भइरहेको छ।
सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भने अहिलेसम्म आफूले पाएका महानगर र उपमहानगरमा उम्मेदवार छान्न सकेको छैन। नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको नाम सार्वजनिक गरेको छैन। एकीकृत समाजवादीले भने उम्मेदवारको टुंगो लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।