काठमाडौं– नेकपा एमालेले दाङका घोराही र तुलसीपुर उपमहानगरपालिका सहित सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ।
एमाले केन्द्रीय सचिवालयको बैठकले घोराही उपमहानगर र तुल्सीपुर उपमहानगरको उम्मेदवार शनिबार नै टुंगो लगाएको थियो। बाँकी रहेका स्थानीय तहमा पनि उम्मेदवारको टुंगो लगाइएको नेकपा एमाले दाङले जनाएको छ।
घोराही उपमहानगरको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी उम्मेदवार बनेका छन्। तुलसीपुरमा टीकाराम खड्कालाई मेयर र स्यानी चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरिएको छ।
लमही नगरपालिकाको मेयरमा डन्डीराम चौधरी र उपमेयरमा शुशिला शर्मा उम्मेदवार बन्ने भएका छन्। बबइ गाउँपालिकको अध्यक्षमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा लागि साबित्रा विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय भएको छ।
शान्तिनगर गाउँपालिकाको अध्यक्षमा विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगीशरण गाउँपालिकाको अध्यक्षमा एमएन शाह र उपाध्यक्षमा बुधनी चौधरी, राप्ती गाउँपालिकाको अध्यक्षमा जगत पोखरेल र उपाध्यक्षमा कलापति चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
यस्तै, गढवा गाउँपालिकाको अध्यक्षमा सहजराम ऐर र उपाध्यक्षमा सीता चौधरी, राजपुर गाउँपालिकाको अध्यक्षमा कुलराज गिरी र उपाध्यक्षमा सीता यादब, बंगलाचुली गाउँपालिको अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वता घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।