काठमाडौं- काभ्रे जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रले तालमेलका लागि संवाद सुरु गरेका छन्। सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रको नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि एमालेसँग तालमेलका लागि संवाद बढाएको हो।
नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष अशोक व्याञ्जुले अनौपचारिक संवाद भएको बताए। उनले भने, 'अनौपचारिक रुपमा संवाद भइरहेको छ।'
तालमेलको सम्भावनाका विषयमा मात्रै संवाद सुरु भएकाले अहिल्यै केही भन्न नसकिने उनले बताए। केही दिनदेखि सत्ता गठबन्धनको बैठक लगातार बसे पनि भागबन्डामा सहमति जुट्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।