काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको भागबण्डाको विरोध गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेस पोखरा महानगरपालिका–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले कार्कीको उम्मेदवारी दर्ता भएको जनाएको छ।
गठबन्धनका शीर्ष नेताहरुबीच जुटेको सहमतिअनुसार पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीले पाएको छ। नेपाली कांग्रेसले उपमेयरमा उम्मेदवारी दिने गठबन्धनमा सहमति जुटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।