काठमाडौं– नेपाली कांग्रेस नवलपुरका ५५ जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। केन्द्रमा गठबन्धन गर्ने निर्णय भएपछि त्यसको विरोधमा उनीहरुले सामुहिक राजीनामा दिएका हुन्।
नेपाली कांग्रस गैँडाकोट नगर समिति वडा नम्बर ८ का सदस्यहरुले गठबन्धनको विरोध गर्दै नगर सभापतिसमक्ष राजीनामा दिएका हुन्।
वडा सभापति रामप्रसाद सापकोटा सहित वडा समितिमा आवद्ध रहेका सबैले नगरसभापति बद्रि सापकोटा समक्ष राजीनामा दिएका हुन्। राजीनामा दिने क्रममा उनीहरुले गठबन्धनविरुद्ध नाराबाजी समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।