काठमाडौं– जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको मेयरमा लालकिशोर साहलाई नै उम्मेदवार बनाउने भएको छ। जसपाको बैठकले उनैलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
साह २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जनकपुरको मेयर निर्वाचित भएका थिए। त्यतिबेला उनले २१९०३ मत पाएका थिए। उनलाई नेपाली कांग्रेसका उम्मेदवार मनोजकुमार साहले पछ्याएका थिए। उनले भने १११६४ मत पाएका थिए।
राजपाले समाजवादीसँग एकता गरेपछि जसपा स्थापना भएको थियो। तत्कालीन राजपाको एउटा पक्ष जसपाबाट अलग्गिएको भए पनि साह जसपामै रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।