धनगढी– सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले कैलालीका ३ वटा स्थानीय तहका लागि प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ।
एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकाको प्रमुखमा खडक रावत, गोदावरीको उपप्रमुखमा रत्ना कडायत र कैलालीको चुरे गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा लोकबहादुर सारुमगरलाई चयन गरेको हो।
घोडाघोडी नगरको प्रमुखका उम्मेदवार रावत समाजवादी पार्टीका जिल्ला सचिव हुन्। उनी पहलमानपुरस्थित कान्ती राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष हुन्। उनकै प्रयासमा सो विद्यालय नमूना विद्यालयका रुपमा परिचित छ।
गोदावरी नगरपालिकाका उपप्रमुख कडायत जिल्ला उपाध्यक्ष तथा हालकी उपमेयर हुन्। आफूले यसअघि पनि नमूना काम गरेर जनताको मन जितेको र कामको मूल्याङ्कन गरेर पार्टीले पुन: उम्मेदवार बनाएको उनको भनाइ छ।
चुरे गाउँपालिकामा प्रमुख लोकबहादुर सारुमगर समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य हुन्। उनी समाज सेवामा समेत क्रियाशील छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।