काठमाडौं– धनगढी उपमहानगरपालिकाको प्रमुख (मेयर) पदका लागि गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्। उनले स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता पश्चात् हमालले 'हाम्रो धनगढी हामी नै बनाउँछौँ' भन्ने अभियानमा सबै जोडिएर आफूलाई धनगढीबासीले विजय गराउने विश्वास व्यक्त गरे।
२०७४ सालको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेस उम्मेदवार नृपबहादुर वडसँग पराजित भएका थिए। त्यतिबेला वडले १४३२४ मत पाएका थिए। हमालले ११५२७ मत पाएका थिए। अहिले पनि कांग्रेसबाट वड नै उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।