गोपाल हमाल, फाइल तस्बिर
धनगढी– धनगढी उपमहानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गर्न गइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालको र्यालीबाट अवैध लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन्।
मेयर पदमा मनोनयनका लागि धनगढीको ट्राफिक चौराहबाट सुरु भएको गोपाल हमालसहितको र्यालीमा हमाल समर्थक नरेश बाजी अवैध लागुऔषध चरेससहित पक्राउ परेका हुन्।
र्यालीमा गोपाल हमालको समर्थनमा नाराबाजी गरिरहेको समयमा उनको साथबाट २० ग्राम लागुऔषध चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ।
‘गोपाल हमालको र्यालीमा रहेका नरेश बाजीको साथबाट २० ग्राम अवैध लागु औषध मानिएको चरेस बरामद गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,‘पक्राउ परेका बाजीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ, यससम्बन्धी थप अनुसन्धान भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।